कलैया । कलैयाबाट काठमाडौंतर्फ जादै गरेको टाटा सुमो बाट प्रहरीले १३ केजी चाँदीसहित एक जना लाई पक्राउ गरेको छ ।

प्रहरीले दक्षिणकाली नगरपालिका वडा नम्बर ५ फर्पिङबाट बिना बिलको करीब १३ केजी चाँदीसहित एक जना युवक लाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा बारा सिम्रौनगढ नगरपालिका वडा नम्बर ८ कचरुवा घर भएका ३८ वर्षीय रामा शंकर साह रहेका छन् ।

ऊनी ना.१ ज ७२०८ नम्बरको टाटा सुमो गाडीमा सवारी थिए । पक्राउ परेका उनीमाथि थप अनुसन्धान भइरहे‍को प्रहरीले जनाएको छ ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर