कलैया । पचरौता नगरपालिकामा ग्यास र चुलो गरी खाना पकाउने सेट वितरण गरिएको छ । आज एक कार्यक्रम का बीच नगरपालिकाले वडा नम्बर २ मा करिब ३ सय जनालाई वितरण गरिएको हो ।

वडामा भएका गरिब, दलित, बृद्धबृद्धा एकल बिधवा महिला तथा अति बिपन्नहरुलाई सहयोग स्वरुप खाना पकाउने सेट वितरण गरिएको नगर प्रहरी रमेश कुमार यादवले बताए ।

ग्यास वितरण कार्यक्रममा मधेश प्रदेश सभा सदस्य अवध भुसन प्रसाद यादव , पचरौता नगर पालिकाका नगर प्रमुख रमेश कुमार यादव, चरौता नगरपालिका का निमित्त प्रमुख प्रशासकीय अधिकृत श्याम प्रसाद यादव, पचरौता नगरपालिका वडा नम्बर २ का वडाध्यक्ष मनोज कुमार यादव लगायतको सहभागीता रहेको थियो ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर