कलैया । नारायणी अस्पतालमा उपचाररत कोरोनाभाइरस संक्रमित बाराका एक युवक को मृत्यु भएको छ ।
भेन्टिलेटर सपोर्टका लागि गत माघ १० गते वीरगञ्जको एउटा निजी अस्पतालबाट नारायणी अस्पतालमा उपचारका लागी गएका युवकको मंगलबार दिउँसो मृत्यु भएको अस्पतालले जनाएको छ । मृत्यु हुनेमा निजगढ नगरपालिका वडा नम्बर ३ बघदेव निवासी २२ वर्षीय युवक रहेका छन् ।
माघ १० गते संक्रमण पुष्टि भएका युवकले कुनैपनि भ्याक्सिन नलगाएको नारायणी अस्पतालका कोभिड संयोजक डा. उदय नारायण सिंहले बताए ।गम्भीर किसिमको कोभिड निमोनियाबाट संक्रमित युवकलाई कमजोरी र मांसपेसी सम्बन्धि रोग पहिलादेखिनै लागेको डा. सिंहले जानकारी दिए ।