
काठमाडौँ । सुनको मूल्यमा प्रतितोला ३०० रुपैयाँले वृद्धि भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज छापावाल सुनको मूल्य प्रतितोला ९२ हजार २०० रुपैयाँ र तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ७०० रुपैयाँ छ । हिजो मंगलबार छापावाल सुनको मूल्य प्रतितोला ९१ हजार ९०० र तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार ४०० रुपैयाँ थियो ।
त्यस्तै आज चाँदीको मूल्य प्रतितोला १२ सय ५५ रुपैयाँ छ । हिजो मंगलबार तोलामा १२ सय ४० रुपैयाँमा कारोबार भएको चाँदी आज १५ रुपैयाँले बढेको हो ।