
कलैया । महागढीमाई नगरपालिका नगरप्रमुख उपेन्द्र यादवले राधा कृष्ण मंन्दिरको आज शिलान्यास गरेका छन् ।
महागढीमाई नगरपालिका वडा नम्बर १ गढीमाई मन्दिर भन्दा एक हजार मिटर दुरी पश्चिम त्राहि अच्युत आश्रममा श्री राधाकृष्ण मंन्दिरको शिलान्यास गर्नु भएको हो । शिलान्यास पश्चात् नगर प्रमुख यादवले त्राहि अच्युत आश्रम हिन्दुधर्मको संरक्षण गर्दै गढीमाई क्षेत्रलाई पर्यटन क्षेत्रको रुपमा बिकास गर्नमा आफू सहयोग गरेको र हरपल सहयोग गर्ने बताउनु भयो ।
ढीमाई क्षेत्र हिन्दुधर्मको राजधानी भनेर चिनिने ठाउँ भएको हुनाले यो ठाउँ देशमा एउटा छुटै पहिचान बनाएको समेत उनले बताए । राधाकृष्ण मन्दिर निर्माणको लागि नगरपालिकाबाट २० लाख सहयोग गरिएको समेत उनले बताए ।
शिलान्यास कार्यक्रममा कलैया ओम शान्ति आश्रमको संचालिका ब्रहमाकुमारी , राजयोग सेवा केन्द्र बरियारपुरबाट ब्रम्हा कुमारी गंगा दिदी , महागढीमाई नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत महमद शेर मुस्तुफा , स्वास्थ इन्चार्ज बिजय कुशवाहा ,महागढीमाई नगरपालिकाको सल्लाहकार ,भैयाराम यादव , नगरसभापति भुलेन्द्र यादव , नेपाली कांग्रेस वडा नं १ को सभापति झब्बु साह ,त्राही अच्युत आश्रमका पदाधिकारीहरु ,नगरपालिकाको वडा अध्यक्षहरु , पत्रकार , समाजसेवी लगायतको सहभागीता थियो ।