काठमाडौँ । नेटवर्किङ व्यवसायमा संलग्न तीन जनालाई दाङमा प्रहरीले पक्राउ गरेको छ। पैसा दोब्बर हुने भन्दै अनलाइन नेटवर्किङबाट ठगी गरेको आरोपमा तीन जनालाई प्रक्राउ गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक सुरेश काफ्ले ले बताए ।

ठगी गरेको भन्दै पीडितले १७ हजार ठगी गरेको भन्दै उजुरी दिएपछि रोल्पा घर भई घोराही बस्ने तीन जनालाई पक्राउ गरिएको प्रहरी उपरीक्षक काफ्ले ले बताए ।

तीनै जना होटेल सञ्चालक भए पनि उनीहरुको नाम भने गोप्य राखिएको छ। उनीहरुले दुई महिनामा पैसा दोब्बर हुने भन्दै प्रतिव्यक्ति रु १५ देखि १८ हजारसम्म हाइफर र साफिरलगायतमा लगानी गर्न भनेर अनलाइन नेटिवर्किङबाट अवैध कारोवार गर्दै आएको प्रारम्भिक अनुसन्धानका क्रममा खुलेको छ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर