कलैया । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण आज देशका अधिकांश स्थानमा वर्षा र उच्च पहाडी तथा हिमाली भेगमा हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमाना महाशाखाले जनाएको छ।

हाल बारा जिल्ला सहित देश का अधिकांस भागमा मौसम बदली भएर चट्याङ सहित वर्षा भैरहेको छ ।

दिउँसो पनि देशभर मौसम बदली रही मेघ गर्जनसहित असिना पर्ने र वर्षा हुने ने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। गण्डकी र लुम्बिनी प्रदेशको एक दुई स्थानमा भने भीषण वर्षाको सम्भावना पनि रहेको छ। देशका उच्च पहाडी तथा हिमाली भू-भागमा हिमपातको सम्भावना रहेको छ।
राति पनि देशभर मौसम बदली रही प्रदेश १, मधेश, बागमती र गण्डकी प्रदेशका केही स्थानमा असिना पर्ने र वर्षा हुने सम्भावना रहेको छ। सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशका केही स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर