साजिर मन्सूर,कलैया । बाराको बिश्रामपुर गाउपालिकाका अध्यक्ष अमिरी पालले गाउपालिकाको आफ्नै प्रशानिक भवन बनाएर उदघाटन गर्न पाउँदा आफुलाई गर्व महसुस भैरहेको बताएका छन ।सदरमुकाम बाट अत्यन्त टाढा मानिने र संघीयता आएपछि गाउपालिकाको काम गर्न कर्मचारीहरुलाई प्रशासनिक भवन नहुदाका पीडा आफुले भोग्नु परेको स्मरण गर्दै अध्यक्ष पालले आफ्नै पालामा भवन बनाएर आज बिधिवत रुपमा यसको पुजा अर्चना गरि उदघाटन गर्नु आफैमा एतिहासिक भएको बताएका छन।

भाडाका स साना कोठामा समग्र स्थानिय सरकारको कामकाज गरेको बिगत लाई सन्झिदा पनि मन पिरोल्ने गरेको बताउदै पालले अब सबै कर्मचारीहरुले खुशिका साथ आ आफ्नो फाटका काम गर्न सक्ने बताएका छन । पुरानो गाउपालिका भवनको नजिकै करिब ४.५ कठ्ठामा निर्माण गरिएको नव निर्मित हाल ठुल्ठुला ७ कोठा रहेको भवन बनाउन करिब १.५ करोड लागत लागेको गाउपालिकाको योजना शाखाका रतेन्द्र दासले बताएका छन ।

गाउपालिका भवन गाउपालिकाको बजेटबाट २ बर्षमा निर्माण भएको योजना शाखाका दिलिप पन्डितले जनाएका छन । नवनिर्मित गाउपालिका भवन उदघाटन समारोहमा सम्पुर्ण गाउँ कार्यपालिका सदस्य,निमित प्रमुख प्रशासकिय अधिकृत दिपकलाल पाल,स्वास्थ्य शाखा प्रमुख अलि अकबर हुसेन,सबै फाटका कर्मचारी,गाउपालिकाका विभिन्न पार्टी प्रतिनिधि,नागरिक समाज,सन्चारकर्मी लगायतकाको उपस्थिति रहेको लेखा प्रमुख बजरङ्गी जयस्वालले बताएका छन ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर