कलैया । बारा प्रहरीले ३ फरार प्रतिवादी लाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर ८ बस्ने बासदेव महतो, सुवर्ण गाउँपालिका वडा नम्बर ४ बस्ने मन्नु भन्ने रहमान मियाँ , जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर १० बस्ने सन्जय हजरा रहेको जिल्ला प्रहरी कार्यालय बारा का प्रब्क्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले बताउनु भयो ।
महतो लाई जिल्ला अदालत बाराले लागू औषध मुद्दामा २०७८ वैशाख १२ गते फैसला गर्दै १ बर्ष ६ महिना कैद र ७ हजार ५ सय जरिवानाको आदेश दिएको थियो ।
मियाँलाई जिल्ला अदालत बाराले चोरी मुद्दामा २०७५ फागुन १५ गते फैसला र २०७७ साल असोज २८ गते ९ महिना कैदको फैसला गरेको थियो । त्यस्तै हजरालाई जिल्ला अदालत बाराले सवारी ज्यान मुद्दामा २०७७ चैत २६ गते ६ महिना कैदको फैसला गरेको थियो ।
ऊनीहरु तिनै जना लाई कैद भुक्तानको लागि कारागार कार्यालय बीरगंज पठाइएको प्रहरी नायब उपरीक्षक थापाले बताउनु भयो ।