कलैया । हावाहुरीमा परि मधेश प्रदेश मा आज तीन जनाको मृत्यु भएको छ । हावाहुरीले गर्दा धनुषामा पढ्न गएका दुई बिद्यार्थीको मृत्यु भएको छ भने रौतहटमा एक जनाको मृत्यु भएको हो ।

हावाहुरीले रूख ढल्दा धनुषाको सबैला नगरपालिका-१२ स्थित फकिरचन्द उच्च माविको प्राङ्गणमा रहेको रूख ढल्दा ८ वर्षीया प्रतिमा कुमारी सदा र ७ वर्षिय अरबन्दी सदाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषा का प्रमुख प्रहरी उपरीक्षक वसन्त रजौरेले जानकारी दिएका छन् । त्यस्तै रौतहटको बौधीमाई नगरपालिका वडा नम्बर १ मा इँटाको घर खस्दा ४५ वर्षीया फुलमतीया देवीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर