कलैया । देवताल गाउँपालिकामा बर्थिङ्ग सेन्टर भवनको शिलान्यास भएको छ ।
शुक्रवार एक कार्यक्रमका बिच गाउँपालिका अध्यक्ष चन्दन कुमार सिंहले वडा नम्बर ४ र ५ को लागि बर्थिङ्ग सेन्टर भवनको शिलान्यास गर्नु भएको हो ।

तराई मधेश समृद्धि कार्यक्रम अन्तर्गत श्री नेपाल राष्ट्रिय माध्यमिक विद्यालय प्रिप्राढीको दक्षिण पट्टी ४ कोठ्ठे भवनको शुक्रबार शिलान्यास गरिएको हो ।

४ कोठाको बर्थिङ्ग सेन्टर निर्माणको लागि ३८ लाखको मधेश समृद्धि बजेट बिनियोजन भएको देवताल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सिकेन्द्र साहले बताउनु भयो ।

शिलान्यास कार्यक्रममा देवताल गाउँपालिकाको योजना प्रमुख अभिनन्दन गुप्ता , वडा अध्यक्ष , वडा सदस्य , कर्मचारी , शिक्षक अवधकिशोर गिरी , शिवनाथ साह , बिजय मिश्रा ,लोसपाको यूवा नेता सिवदर्शन पडित , श्यामसुन्दर साह , अम्बिका साह तेली ,लगायत स्थानीय को सहभागीता रहेकोे थियो ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार