
कलैया । रुपन्देहीमा रोकिराखेको ट्रकमा कार ठोक्किंदा कारमा सवार तीन जनाको मृत्यु भएको छ ।
बुटवल उपमहानगरपालिका-१२ तामनगर नजिक पूर्व पश्चिम् राजमार्गमा रोकिराखेको लु २ ख ९७७२ नम्बरको ट्रकमा पश्चिमबाट आउँदै गरेको लु ३ च ४४४२ नम्बरको कार आज बिहान ठोक्किएर ३ जनाको मृत्यु भएको छ भने कारमा सवार २ जना गम्भीर घाइते भएका छ्न् ।
प्रहरीका अनुसार दुर्घटनामा परी एक जनाको घटनास्थलमै र दुई जनाको उपचारको क्रममा अस्पतालमा मृत्यु भएको छ । घाइतेहरूको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचार भइरहेको छ । मृतक र घाइतेको सनाखत हुन बाँकी रहेको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ ।