साजिर मन्सूर
कलैया,माघ २४

मौसम अनुसार फल्ने तथा उत्पादन हुने तरकारीहरुको मात्र प्रयोग गर्नुपर्ने तरकारी उत्पादक किशान कृष्ण प्रसाद कुश्वाहा(कोईरी) ले आग्रह गरेका छन । बिगत ४० बर्ष देखि कलैया उपमहानगरपालिका वडा नम्बर ३ निवासी तरकारी उत्पादक किसानका रुपमा परिचित कोईरिले बजारमा पाईने बेमौसमी उत्पादन भएका तरकारीहरुको प्रयोग जीवन सङ्ग खेलवाड भएको बताएका छन । कोईरिले आजको समयमा हरेक प्रकारको तरकारीमा अत्यधिक मात्रामा किटनाशक औषधिको प्रयोग गरेर बेमौसमी तरकारी बजारमा बेचिरहेको प्रती सम्पुर्ण आम उपभोक्ताले चासो दिनुपर्ने बताएका छन । किसान कोईरिले हाल प्रयोग हुने ज्यानमारा औषधिको प्रयोगले विभिन्न खालका प्राणघातक रोग लाग्ने गरेको बताउदै सौखका रुपमा छिमेकिलाई आफुले महङ्गो तरकारी खाने गरेको देखाउन पनि बेमौसमी तरकारीको प्रयोग बढेको बताएका छन । बजारमा चिल्ला चिप्ला र राम्रो आकर्षक देखिने तरकारीको मात्र छनौट गर्ने उपभोक्ता तर्फ इङित गर्दै त्यस्ता तरकारीमा बढी किटनाशक औषधि प्रयोग भएको प्रती सचेत समेत गराएका छन ।
कोईरिले प्रत्येक नागरिकले अहिले को पुस माघको समयमा उत्पादन हुने हरियो केराउ,बन्दा,बङला,मुला,गाजर,सिमि,आलु,प्याज,हरेक प्रकारको हरियो सागसब्जी खान सकिने किनकी यो समयमा यी तरकारीहरुमा किटनाषक औषधिको प्रयोग कम हुने बताएका छन ।
तरकारीहरुमा भिण्डि,करैला,बोडि,भन्टा आदिमा सब भन्दा बढी मात्रामा किटनाषक औषधि प्रयोग हुने गर्नाले समेत यसमा आम उपभोक्ताले ध्यान दिनुपर्ने बताएका छन । अहिले प्राय जसो सुनिने लौकामा सुई दिने गरेको भन्ने जिज्ञासामा कोईरिले बेमौसमी लौकाहरुमा सुई दिने गरेको सत्य भएको समेत बताएका छन । कोईरिले त्यसैले सबैले सकभर मौसम अनुसार उत्पादन हुने तरकारीको प्रयोगमा ध्यान दिन बताएका छन ।
खासगरी धेरै जसो ब्यवसायीक किसान बेच्नका लागि बढी बिषादी हालेर तरकारी फलाउने र आफु खानलाई अर्को तरकारी फलाएर खाने गरेको बेला बेला सार्वजनिक भैसकेको नै छ ।
यता कलैया भवानिपुरका उपभोक्ता सन्दिप कुमार गुप्ताले राज्य द्वारा समेत खाद्यान्न जस्तो संबेदनसिल कुरामा प्राणघातक औषधि प्रयोग गर्ने माथी कडा निगरानी सहित दन्ड सजाय र कार्वाही नभएको प्रती सरकार दोषी भएको आरोप लगाए । गुप्ताले सबै जनता सहित स्थानिय जनप्रतिनिधि र सबै प्रकारको सरकारको ध्यान जान आवस्यक भएको बताउदै यसका लागि आन्दोलन नै गरेर भएपनी कडा नियमन गर्नुपर्ने बताएका छन ।
यता तरकारीमा लाग्ने रोग,किराबाट बच्न किसानले मात्राको ख्यालै नगरी बिषादी छर्किदा उपभोक्ताको स्वास्थ्यमा ग्यास्ट्रीक,अल्सर,बाझोपन,ब्लड प्रेसर,मधुमेह देखि जिन क्यानसर सम्म हुन सक्ने डाक्टर राकेश तिवारीले बताएका छन । अत सबै नागरिकले सकेसम्म बिषादी प्रयोग नभएको तरकारी प्रयोग गर्नुपर्ने र यसका लागि मौसममा फल्ने तरकारी मात्र प्रयोग गर्नुपर्ने देखिन्छ ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर