
साजिर मन्सूर
कलैया,माघ २४
बारा सदरमुकाम कलैयाका लोकप्रिय समाजसेवी तथा युवा ब्यवसायी धनिलाल सरार्फ जेसिसको रास्ट्रीय खेलकुद समिती सम्योजकमा मनोनित भएका छन ।
जेसी आई कलैया सिटी जेसिज २०१८ का शाखा अध्यक्ष समेत रहिसकेका सरार्फलाई नेपाल जेसिज २०२२ का बोर्डका लागी रास्ट्रीय खेलकुद कमिटीको सम्योजक जस्तो गरिमामय पदमा मनोनीत गरिएको बर्तमान रास्ट्रीय अध्यक्ष लालमणी भण्डारी द्वारा जारी बिज्ञप्तिमा उल्लेख गरिएको छ । सरार्फ मनोनीत भएपछि कलैया सिटि जेसि सहित कलैयाका युवाहरुमा नया उर्जा थपिएको कलैया सिटि जेसिका कार्यकारी उपाध्यक्ष सुबास जयस्वालले बताएका छन । यता कलैयाका अध्यक्ष सन्दिप बरैले सरार्फको यो जिम्मेवारी हामी सबैको साझा जिम्मेवारी भएकोले यसलाई उपलब्धि मुलक बनाउने बताएका छन । सरार्फलाई बधाई सहित निजको सफल कार्यकाल को शुभकामना दिनेहरुको लर्को लागेको कलैया सिटि जेसिजका नि बर्तमान अध्यक्ष शम्भु गुप्ताले बताएका छन । यता सरार्फले आफुमाथिको भरोसा तथा बिश्वासका लागि रास्ट्रीय अध्यक्ष सहित सम्पुर्णलाई धन्यवाद दिएका छन । सरार्फले आफुलाई दिएको जिम्मेवारी आफुले एतिहासिक बनाउने प्रतिबद्धता समेत जनाएका छन ।साथै देशभरी रहेका जेसिहरुको सहयोगका लागि अपिल गर्दै नेपाली खेलकुदद छेत्रमा यस जिम्मेवारीले आमूल परिवर्तन ल्याउने हिसाबले लाग्ने समेत बताएका छन।
सरार्फले आफू अध्यक्ष भएको बेला एतिहासिक घोडा दौड प्रतियोगिता,विभिन्न स्तरका खेलकुद प्रतियोगिता,बिधालय स्तरिय खेलकुद,निजकै पालामा हेटौंडामा सन्चालित जेसिज कप उपाधी माथी कब्जा,विभिन्न प्रकारका तालिम सन्चालन,गरिब असहायलाई कम्बल बितरण लगायतका लोकप्रिय काम गरेर देशमै चर्चा कमाएका थिए ।