कलैया । घटना सोमबार अथार्त हिजो जिल्ला प्रशासन कार्यालय बाराको हो । नागरिक को गुनासो सुन्ने निकाय जिल्ला प्रशासन कार्यालय र कार्यालयकै गल्तीको आवाज उठाउदा सेवाग्राही थुनिएको आरोप लागेको छ ।

जिल्ला प्रशासन कार्यालय बारामा टोकन प्रणाली लागु भएको छ । तर त्यो टोकन प्रणाली साना लाई एन ठुलो लाई चैन भने जस्तै भएको छ ।
महागढीमाई नगरपालिका वडा नम्बर २ बरियारपुर बस्ने जलन्धर यादव र उनका नबालिक छोरा र छोरी कार्यालयमा सोमबार नागरिकता बनाउन जिल्ला प्रशासन कार्यालय बारामा पुगे । उनले टोकन प्रणाली मार्फत आफ्नो लाइन मा उबिएको दुई घन्टा भएको थियो ।

तर लाईनमा बसेको छोरीको काम नगरी पछाडी आएका व्यक्तीहरुको काम सिडियो कार्यालयका कर्मचारीले गर्न थाले पछी आवाज उठाउदा अनाहकमा कुटाई खानु परेको पीडित जलन्धरले जानकारी दिए ।

ऊनी मात्र नभई कर्मचारीले आफ्नो मान्छे काम गर्न थाले पछी गलत कार्यको विरुद्ध अन्य सेवाग्राहीले पनि आवाज उठाउन थाले पश्चात् कर्मचारी ले सेवाग्राही को कागज नै फालेको प्रत्यक्षदर्शी ले गुनासो गरेका छन् ।
गलत कार्यको विरुद्ध प्रहरी तथा कर्मचारीले गालीगलौज तथा कुटपिट गर्दै आफुलाई नियन्त्रणमा लिएर प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवालको कार्यकक्षमा लगेको समेत पीडित जलन्धरले आरोप लगाएका छन । सिडियोले पनि घटना के कसरी भयो जानकारी नै नलिई आफू लाई थुन्ने आदेश दिएको समेत उनले गुनासो गरेका छन् ।
यस बारेमा बाराका सहायक प्रमुख जिल्ला अधिकारी शिवराज सेढाई संग बुझ्दा उनले जालन्धर यादवले कर्मचारीसँग दुर्व्यवहार गरेपछि प्रहरीको सहयोगमा उनलाई केही बेर छुट्टै लगेर सम्झाईबुझाइ गरेको जानकारी दिएका छन् ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर