
कलैया । बारामा ठुलो मात्रामा लागू औषध गाजा बरामद भएको छ । बिशेष सूचनाको अधारमा सशस्त्र प्रहरी बल नेपाल २ नम्बर बाहिनीबाट खटिएको टोलिले बाराको सुवर्ण गाउपालिका वडा नम्बर ७ सनफुलवा खेतको नहर सडकबाट लागू औषध गाजा १ सय १२ किलोग्राम बरामद भएको डिआइजी गणेश ठाडा मगरले बताए ।
बिशेष सूचना आउनसाथ डिआइजी गणेश ठाडा मगरको निर्देशनमा मंगलबार रातीको समयमा खटिएको स्कवाड टोलिले लागू औषध बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।
बरामद गरिएको लागू औषध गाजा अवाश्यक कारवाहीको लागि नेपाल प्रहरीलाई बुझाउने तयारी गरेको डिआइजी गणेश ठाडा मगरले बताए ।