कलैया । बाराको जीतपुरसिमरा उपमहानगरपालिकाको कार्यालयमा तोडफोड भएको छ । योजनाको सम्झौता गर्न नमानेको र बजेट सिलिङ्ग भित्र वडाले छानेका योजनाको सम्झौता गर्न नदिएको भन्दै सोही उपमहानगर को वडा नम्बर १७ का वडा अध्यक्ष नवराज खड्काले तोडफोड गरेका हुन ।
उनले गरेको तोडफोडमा योजना शाखाका आधा दर्जन कम्प्युटर सामाग्री क्षति भएको छ । नगरप्रमुख डा. कृष्ण पौडेलको टेबल तथा कार्यकारी प्रशासकिय चेतकुमार पोखरलेको टेबलमा रहेका कम्प्युटर सामाग्रीमा समेत क्षती पुगेको छ ।
उपमहानगरपालिका जिम्मेवार नभएको भन्दै आक्रोस पोख्नु पर्ने अवस्था आएको खड्काले बताए ।उनले भने धेरै नै अत्याचार हुन थालेपछि आक्रोस पोखेको छु । वडा अध्यक्षले भने वडाको २ करोड ७० लाखको बजेट सिलिङ्ग मध्ये १ करोड १० लाख मात्रको सम्झौता उपमहानगरले गर्यो र बाकी सकिएको जानकारी दिएको उपमहानगर लाई आरोप लगाएका छन् । उनले थपे बजेट भित्रै रहेर थप १० लाख रुपैंयाको खानेपानि धारा निर्माण गर्ने कार्यकालागि सम्झौता गर्न उपमहानगरमा पठाएकोमा फाईल फिर्ता मात्र गरेनन् । उल्टै उपभोक्ता समितिका पधादिकारीहरुलाई प्रशासकिय अधिकृत चेत कुमार पोखरेलले झपारेर पठाएको आरोप लगाएका छन् ।
घटनापछी भएको छलफलमा समेत चर्काचर्की भएको थियो । यस विषयमा आगामी सोमबार पुनः छलफलमा बस्नेगरी फर्किएको वडा अध्यक्ष खड्काले बताए ।