वीरगञ्ज । वीरगञ्जमा कोरोना संक्रमित एक वृद्धको मृत्यु भएको छ । मृत्यु हुनेमा वीरगञ्ज महानगरपालिका वडा नम्बर २० अपौनी निवासी ७५ वर्षीय वृद्ध रहेका छन् । उनको शुक्रवार साँझ साढे ७ बजे मृत्यु भएको नारायणी अस्पतालका कोभिड संयोजक डा. उदयनारायण सिँहले बताए ।

बिहिवार गरिएको एन्टिजेन परीक्षणमा कोरोना पोजेटिभ देखिएपछि बिहिवार नै वीरगञ्ज बिर्तास्थित एड्भान्स हस्पिटलमा भर्ना भएका वृद्धलाई नारायणी अस्पतालमा रिफर गरिएको थियो ।

उनी मृगौला सम्बन्धित दीर्घ रोगीसमेत थिए । उनले कोरोना भाईरसविरुद्धको कुनै पनि खोप लगाएका थिएनन् ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर