कलैया । नेपाल प्रेस युनियन बाराको १७ औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ । शनिवार एक कार्यक्रमका बीच भब्यताका साथ जिल्लामा रहेको एतिहासिक एवम् पर्यटकिय स्थल सिम्रौनगढमा सम्पन्न भएको हो । नेपाल प्रेस युनियन बाराका अध्यक्ष श्यामबाबू प्रसाद यादवको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली काँग्रेसका सह महामन्त्री फरमुल्लाह मन्सुरको प्रमुख आतिथ्य रहेकोे थियो ।

कार्यक्रममा शुभकामना मन्तब्य ब्यक्त गर्दै प्रमुख अतिथि समेत रहेका सह-महामन्त्री मन्सुरले पत्रकारीता क्षेत्रमा विसंगति र अनेक बिक्रिती देखिएको भन्दै आगामी दिनमा यस तर्फ सबैको ध्यान केन्द्रित हुन जरुरी रहेको औलाएका थिए । उनी सहित कार्यक्रममा शुभाकामना मन्तव्य राख्दै अन्य वक्ताहरुले लामो समय देखि पत्रकारहरुलाई प्रशिक्षण तथा तालिम जस्ता कार्यक्रम आयोजना गर्न नसकिएको भन्दै यस्ता कार्यक्रमहरुको आयोजना गर्नुपर्ने बताएका थिए । त्यस्तै यस्ता कार्यक्रममा स्थानीय सरकारले सहयोग गर्नुपर्ने समेत वक्ताले औलाएका थिए ।
.आज सम्पन्न साधारण सभामा प्रेस सेन्टर नेपाल, बारा शाखाका उपाध्यक्ष रहेका प्रभु प्रसाद यादव र मधेसवादी पत्रकार संगठनमा रहेका नुरआलम बादसाहले युनियनमा प्रवेश गरेका छन् । साधारणसभाको अवसर पारेर नेपाल प्रेस युनियन बाराले वरिष्ठ पत्रकार सत्यप्रसाद श्रेष्ठ, उमेशलाल दास, रामेश्वर मेहता, रतनलाल टेमानी, सुजित आर्याल र भोजराज भटराईलाई सम्मान समेत गरेको छ ।

उक्त कार्यक्रममा संविधानसभा सदस्य एवम् नेपाली काँग्रेसका नेता शोभाकर पराजुली, सिम्रौनगढ नगरपालिकाका मेयर विजय शंकर यादव, बाराका प्रमुख जिल्ला अधिकारी कृष्ण बहादुर कटुवाल, नेपाल पत्रकार महासंघ बारा शाखाका अध्यक्ष रेशम तिवारी, नागरिक समाजका उमेश लाल दास , बाराका सहायक प्रमुख जिल्ला अधिकारी शिवराज सेढाईँ, जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरिक्षक राजेश थापा, ससस्त्र प्रहरी उपरिक्षक राजेन्द्र थापा लगायतको उपस्थिती रहेको थियो ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर