
कलैया । पर्सामा लागु औषधसहित एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारत विहार जिल्ला मोतिहारी थाना रामगढवा-१४ बस्ने २२ वर्षीय जगतकुमार कुशवाहा रहेको प्रहरीले जनाएको छ । सोमबार बिहान साढे ९ बजे वीरगञ्ज महानगरपालिका वडा नं.१४ गण्डकचोकस्थित सडक खण्डमा प्रहरी चौकी गण्डकबाट खटिएको नियमित चेकिङ्ग टोलीले उनलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय पर्सा का प्रब्क्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बताए ।
शंकास्पदरूपमा पैदल हिंडिरहेका कुशवाहाले बोकेको ब्यागभित्र कालो प्लाष्टिकको झोलामा लुकाइछिपाइ ल्याएको प्रतिबन्धित लागु औषध एनुर्फिन, डाइजीपाम र फेनारगन एक/एक सय एम्पुल गरी जम्मा तीन सय एम्पुल बरामद भएको प्रहरीले जनाएको छ ।
कुशवाहाविरूद्ध लागु औषध सम्बन्धी कसुरमा अनुसन्धान अगाडि बढाइएको प्रहरी नायब उपरीक्षक खनालले बताए ।