
कलैया । ६ वटा कम्युनिस्ट घटकले अमेरिकी परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसिसी)विरुद्ध आज गरेको नेपाल बन्द प्रभाव बारामा आंशिक प्रभाव परेको छ ।
बन्दका कारण बिहानै देखि कलैया , सिमरा पथलैया बाट गुड्ने लामोदुरीको सवारीसाधन छिटफुट रुपमा चलेको पाइएको छ । कलैया बाट काठमाडौँ छुट्ने टाटा सुमो समेत नचलेको पाइएको छ ।त्यस्तै राजमार्ग समेत सामान्य रुपमा गाडी चलिरहेका छन् । सडक र चोकचोकमा सुरक्षाकर्मी खटिएका छन् । जिल्ला को सुरक्षा कडा पारिएको समेत जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
नेपाल बन्द आह्वान गर्नेमा नेपाल कम्युनिस्ट पार्टी, देशभक्त गणतान्त्रिक मोर्चा, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी, नेपाल (क्रान्तिकारी माओवादी) र नेकपा माओवादी केन्द्र (समाजवादी) छन् ।
यसैबीच, सरकारले कानुन विपरीतका गतिविधि हुन नदिन सम्पूर्ण सुरक्षा संयन्त्रलाई उच्च सतर्कता र निगरानी बढाई देशभर शान्ति सुरक्षा कायम गर्न निर्देशन दिएको छ ।