साजिर मन्सूर,कलैया । कलैया उपमहानगरपालिका वडा नम्बर ३ का अध्यक्ष प्रत्यासी जसपा युवा नेता किशोरी ठाकुरले अदभूत योजना घोषणा गरेका छन । ठाकुरले आफ्नो वडाका छोरिहरुको बिवाहमा आर्थिक सहयोग गर्ने योजना घोषणा गरेका छन । ठाकुरले वडा नम्बर ३ का कुनैपनी नागरिकले आफ्नो छोरिको बिवाह गर्दा आफुले नगद ५० हजार सहयोग गर्ने बताएका छन । वडाका खासगरी गरिब र असहाय बिपन्न नागरिकले आफ्नो छोरीको बिवाह गर्नलाई आर्थिक समस्या खेप्ने गरेको र पैसाको अभावमा वडाका धेरै दिदी बहिनी छोरिहरुको समयमा बिवाह हुन नसकेको तितो अनुभव सुनेपछी आफुले हरेक छोरिको बिवाहमा नगद रु ५० हजार सहयोग गर्ने प्रतिबद्धता जनाएका छन ।
जसपा युवा नेता ठाकुरले जनप्रतिनिधि जनताको सबै सुखदुःखमा सहयोग गर्नुपर्ने भएता पनि अहिलेका जनप्रतिनिधि केवल ब्यक्तिगत स्वार्थ र भ्रस्टाचारमा लिप्त बनेको आरोप लगाएका छन । जनप्रतिनिधि भनेको सेवक हुनुपर्ने ना कि राजा भन्दै केही जनप्रतिनिधि सामान्य खालका सिफारिसमा समेत अनेक किसिमले दुख दिने र पैसा लिने गरेको आफुनिर जनताले गुनासो गरेको ठाकुरले बताएका छन। ठाकुरले आफू यी र यस्ता बेथिति को अन्त्य गर्नैका लागि वडाको अध्यक्षमा आउनु भनेर जनताले आग्रह गरेपछि वडा नम्बर ३ को सेवा गर्न लागेको बताएका छन । छोरीहरुको बिवाहका लागि कहिले सम्म ५० हजार दिने भन्ने प्रश्नमा ठाकुरले आफु बैशाखमा चुनाव जिते ५ बर्ष यो योजना निरन्तरता दिने र चुनाव हारे समयानुकूल सहयोगलाई निरन्तर गर्ने जनाएका छन ।
यता कलैया उपमहानगरपालिका वडा नम्बर ३ का कृष्ण प्रसाद यादबले नगद ५० हजार बुझ्दै ठाकुर जस्ता महान समाजसेवी लाई नै आफुहरुले चुनाव जिताउने बताएका छन । यादबले पदमा बसेकाले त आज सम्म हामी जस्ता गरिबलाई सहयोग गरेनन तर ठाकुरले थालेको अभियानले हामी सबै कोमन जितेको बताएका छन । रकम सहयोग कार्यक्रममा वडा बासिहरुको उपस्थिति रहेको थियो । ठाकुरले बिवाह भन्दा दुई दिन पहिला रकम हस्तान्तरण गर्दै आएका छन ।