कलैया । सर्लाहीमा प्रहरीले माछा बोक्ने गाडी बाट गाँजा बरामद गरेको छ । लालबन्दी नगरपालिका-१ स्थित पूर्व पश्चिम राजमार्गबाट प्रहरीले प्र ३–०१–०२४ च ७५९१ नम्बरको माछा बोक्ने पिकअप गाडीबाट १ सय २६ किलो गाँजासहित दुई जना पक्राउ परेको प्रहरीले जनाएको छ । पक्राउ पर्नेमा गाडी चालक धादिङको सिद्धलेक गाउँपालिका-६ बस्ने २२ बर्षीय सुरेन्द्र बिक, सोही गाडीमा सवार मकवानपुरको कैलाश गाउँपालिका-२ का ४८ बर्षीय भीमलाल मोक्तानला रहेका छन् । उक्त गाडीलाई चेकजाँच गर्दा माछा बोक्न राखिएको ड्रमबाट उक्त गाँजा बरामद भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी निरीक्षक कृष्ण गिरीले बताए । उनीहरुको साथबाट ८५ हजार रुपैयाँसमेत बरामद भएको प्रहरी निरीक्षक गिरीले बताए । ऊनीहरु लाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भैरहेको समेत उनले बताए ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर