काठमाडौँ । नेपाल आयल निगमले फेरि पेट्रोलियम पदार्थको मूल्य बढाएको छ । आज राति १२ बजेदेखि लागु हुनेगरी पेट्रोलको मूल्य प्रतिलिटर तीन रुपैयाँले बढाएर १४५ रुपैयाँ तय गरेको छ । डिजेल/मट्टीतेलको मूल्यमा पनि प्रतिलिटर तीन रुपैयाँले बढाएर १२८ रुपैयाँ तोकिएको छ । एलपी ग्यासको मूल्य यथावत राखिएको छ ।साथै हवाई इन्धनको मूल्य पनि यथावत राखेको छ ।
यसअघि निगमले माघ १८ गते पेट्रोलियम पदार्थको मूल्य बढाएको थियो ।