कलैया । कञ्चनपुुरको एक होटल बाट ८ जना जुवाडे पक्राउ परेका छन् । कञ्चनपुुरको भीमदत्त नगरपालिका वडा नम्बर ४ बसपार्कको एक होटलमा जुुवातास भइरहेको गोप्य सूचनाका आधारमा प्रहरीले ८ जना लाई पक्राउ गरेको हो । पक्राउ परेका ८ जना बाट ७९ हजार ५ सय रुपैयाँ र तासको गड्डीसमेत बरामद भएको छ । पक्राउ पर्नेमा भीमदत्त नगरपालिका-४ बस्ने ३० वर्षीय महेशसिंह धामी, २३ वर्षीय खेमराज जोशी, २७ वर्षीय शिवासिह बस्नेत, २० वर्षीय भरत सिह, भीमदत्त नगरपालिका-८ बस्ने २६ वर्षीय चक्र चन्द, वडानम्बर १ बस्ने २८ वर्षीय केशव साउँद, २९ वर्षीय राजेश पन्तर होटल सञ्चालक ३२ वर्षीय वीरेन्द्र सिंह रहेका छन् । ऊनीहरुलाई नियन्त्रणमा राखेर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर