साजिर मन्सुर, कलैया । बाराको चर्चित ग्रामीण उत्थान अभियान कलैया संस्था द्वारा कलैया बजारका तरकारी ब्यापारीलाई मास्क सेनिटाईज गरि कोरोना खोप बारे सचेतना जगाएको छ । कोरोनाको अर्को स्वरुप ओमिक्रोनलाई मध्यनजर गरि बजारमा हुने गरेको भिडलाई मध्य नजर गरि तरकारी बेच्ने किसानहरुलाई मास्क बितरण गरेको आयोजक संस्थाका अध्यक्ष मोकद्दम अन्सारीले बताएका छन । अन्सारीले मास्क सङ्गै आम किसान समक्ष कोरोना खोप को पुर्ण मात्रा लिए नलिएको बारे तथ्यांक समेत संकलन गरिएको बताएका छन । अध्यक्ष अन्सारीले खोपको फाईदाका बारेमा समेत किसानहरुलाई बुझाईएको बताए । खासगरी बजारमा हामी सबै तरकारी किन्ने गरेकाले यसमा सबै सचेत हुनुपर्ने र एक जना तरकारी ब्यापारी को लापरबाही का कारण धेरै लाई रोग लाग्ने भन्दै त्यस बारे सबै बजारका सामन्य किसान ब्यापारी सचेत हुन भन्ने उदेश्यले कार्यक्रम गरिएको अध्यक्ष अन्सारीले बताए । स्वास्थ सामग्री बितरण गर्न संस्थाका पदाधिकारी सहित साधारण सदस्य र महिला कर्मचारी गरि ३० जनाको सहभागिता रहेको थियो । सो अवसरमा कलैयाका सुनिल पटेलले संस्थाले अति राम्रो काम गरेको भन्दै संस्थालाई धन्यवाद दिए । पटेलले मास्क बिना तरकारी बेच्ने सङ्ग तरकारी नकिन्ने किसिमले दबाब दिनुपर्ने समेत बताए ।
समता न्याय र शान्तिका लागि कार्य गर्ने संस्था टेवा धापाखेल काठमाडौको सहयोगमा कार्यक्रम आयोजना गरिएको संस्थाका अध्यक्ष मोकद्दम अन्सारीले जनाए ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर