साजिर मन्सूर,कलैया । एन प्याब्सन बारा नेपाल भरमै चौथो आफ्नै भवन भएको शाखा बनेको छ । राष्ट्रिय अध्यक्ष रितुराज सापकोटाले एक कार्यक्रम का बिच नया भवनको उदघाटन गरेका छन । उदघाटन पुर्व एन प्याब्सनका सम्पुर्ण पदाधिकारी र बिधालयका बिद्यार्थीहरुले कलैया नगर परिक्रमा गरेका थिए । कलैया ५ स्थित बरेवा दरबार होटेल एन्ड ब्यान्क्विट नजिकै रहेको नया भवन ८ धुरमा जग्गामा बनेको बारा उपाध्यक्ष सुमोध सरार्फले जनाए । सरार्फले नव निर्मित भवन बनाउन ३० लाख लागत लागेको जनाएका छन ।

यस अगाडि नेपालमै पहिलो आफ्नो शाखा भएको जिल्ला कास्की त्यसपछि दोश्रोमा तनहु र तेस्रोमा बाके जिल्ला समितिले शाखा उदघाटन गरिसकेको छ । बारा अध्यक्ष प्रभुलाल कुश्वाहाको अध्यक्षतामा भएको उक्त अवसरमा एन प्याब्सनका केन्द्रिय महासचिव सुभाश न्यौपाने,बागमती प्रदेश प्रबोध रिजाल,एन प्याब्सनका नि बर्तमान अध्यक्ष कर्ण बहादुर शाही,उप महासचिव पारसमणि दहाल,वरिष्ठ उपाध्यक्ष रामबिनय चौरसिया,कलैया उपमहानगरपालिका का शिक्षा शाखा प्रमुख उप सचिव प्रल्हाद बर्णवाल,अधिकृत बिजय अधिकारी,शिक्षक संघ बाराका अध्यक्ष परमहन्श यादब,एन प्याब्सन मधेस प्रदेश अध्यक्ष जयप्रकाश चौधरी ,पुर्व उपाध्यक्ष पाण्डव हमाल,केन्द्रिय कोषाध्यक्ष प्रताप थापा,एन प्याब्सन मधेस प्रदेशका सचिव डाक्टर नन्दन यादव,केन्द्रिय सदस्य अलिमहमद अन्सारी बाल एकता बोर्डिङ स्कुल कलैयाका प्रधानाध्यापक रुपेश सरार्फ सहित बाराका पदाधिकारीहरुको उपस्थिति रहेको थियो । यता नया भवन उदघाटन सङ्गै नेशनल प्याब्सन बारा जिल्ला कार्य समितिको आज ७ औ जिल्ला अधिवेशन पनि शुरु भएको छ ।
यता अधिवेशनबाट सर्व सम्मत अध्यक्ष बनाउन छलफल भएपनी सहमती हुन नसकेको जनाईएको छ ।

बर्तमान अध्यक्ष प्रभुलाल कुश्वाहाले सर्वसम्मत आफुलाई सहमतीबाट अध्यक्ष नबनाईए आफू चुनावमा सहभागी नहुने यस अगाडि देखि नै बताउदै आए पनि अन्तिम समयमा कुश्वाहा फेरि आउने कार्यकालका लागि चुनाव लड्ने बताएका छन ।यता बरिस्ठ उपाध्यक्ष सुमोध सरार्फलाई अब नेतृत्व दिनुपर्ने कुरा पनि उठिरहेको श्रोतले जनाएको छ। अर्का उपाध्यक्ष बिनोदमणि मन्डल समेत अध्यक्ष मा दाबेदारी प्रस्तुत गरेका छन । निर्वाचन समितिमा निर्वाचन अधिकृत अधिवक्ता परमहन्श केशरी उनका सहयोगी तेजनारायण प्रसाद जयस्वाल र एक जना केन्द्रिय प्रतिनिधि रहेका छन ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर