कलैया । सर्लाहीमा सवारी दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा कौडेना गाउँपालिका-३ बस्ने ३५ वर्षका मनोज चौधरी रहेका छन् । बरहथवाबाट कौडेनातर्फ जाँदै गरेको प्र.२-०३-०१९प ३६०५ नम्बरको मोटरसाइकल आफैं अनियन्त्रित भई धनकौल गाउँपालिका-२ मधुवनी नयाँरोड सडकखण्डस्थित लँगडा पुलमा खसेको प्रहरीले जनाएको छ ।टाउको र शरीरमा गम्भीर चोट लागी घाइते भएका उनलाई उपचारको लागि बरहथवा पठाइएकोमा उपचारकै क्रममा मृत्यु भएको प्रहरी ले जनाएको छ ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर