कलैया । बाराको महागढीमाई नगरपालिका वडा नम्बर १ मा रहेकोे गढीमाई नमुना प्राविधिक विधालयको ४१ औं वार्षिक उत्सव सम्पन्न भएको छ । सोमवार एक कार्यक्रम का बीच महागढीमाई नगरपालिका का नगर प्रमुख उपेन्द्र प्रसाद यादवले उद्घाटन गर्नु भएको हो ।

वार्षिक उत्सव कार्यक्रममा विभिन्न कार्यक्रम सहित बिद्यार्थिहरुले आफ्ना प्रतिभाहरु प्रस्तुत गरेका थिए । उक्त कार्यक्रममा बोल्दै नगर प्रमुख यादवले विद्यालयले शिक्षाको गुणस्तरमा ध्यान दिदै शैक्षिक क्षेत्रमा परिवर्तन र प्रतिसप्रधात्मक रुपमा अगाढि वढ्दै पहिचान स्थापित गर्नुपर्ने बताएका थिए । उनले गुणस्तरीय तथा प्राबिधक शिक्षा प्रदान गर्नु आजकाे अनिवार्य आवश्कयता भएकाे बताउँदै अन्य बालबालिकास बिधालयमा थप १० वटा बालबिकास सहजकर्ताको नियुक्त गर्ने बताएका छन् ।

आफ्नो कार्यकाल सकिनै लाग्दा नगरपालिकाले शिक्षा क्षेत्रको बिकास अन्तर्गत प्रत्येक बिधाल्यहरूमा शैक्षिक र भौतिक रूपमा सेवा सुविधाहरू पुर्याएको बताए । नगर प्रमुख यादवले आफ्नो कार्यकालमा शिक्षा क्षेत्रमा उल्लेख्य काम गरेको भन्दै कक्षा १० सम्म अध्ययन गरेकी बिधाल्य छाडेका महिलालाई कम्प्युटर तालिम दिईएको, बिधार्थीहरूलाई फ्री वाई फाई जडान गराएको, आधारभूत तहमा निरन्तर दिवा खाजा खुवाईदै आएको , बिधालयहरुको भौतिक संरचना निर्माण , कोरोना महामारीको बेलामा अनलाइन कक्षामा जोड दिइएको , बिधार्थी प्रोत्साहन पुरस्कार, खेलकुद समाग्री बितरण लगायत प्राविधिक शिक्षा अन्तर्गत कम्प्युटर, सब ईलेकट्रोनिक र ईलेक्ट्रिसियनको शिक्षा दिईरहेको बताएका छन् ।

उक्त कार्यक्रममा उपप्रमुख तारा देवि , वडा नम्बर एक का वडा अध्यक्ष सुदामा साह , नगर शिक्षा समिती सदस्य आदरणीय प्रदोष सर , बिधालय ब्यवस्थापन समितिका अध्यक्ष दिपप्रकाश गुप्ता , बिधालयका प्रधानध्यापक , गढ्ढीमाई क्याम्पस प्रमुख, लगायत बिधालयका शिक्षक र बिधार्थीहरूको उपस्थिती रहेको थियो ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर