कलैया । हिन्दूहरूको महान् पर्व शिवरात्रिका अवसरमा आज बाराको सदरमुकाम कलैयामा रहेको शिदेश्वर मन्दिरमा बिहानदेखि हिन्दू धर्मावलम्बी दर्शनार्थी पूजाआजका लागि भीड लागेको छ । पूजाका लागि जल, बेलपत्र, पुष्प (फूल), अक्षता, दूध, दही, मिष्ठानधुप र अगरबत्तीलगायत सामग्री लिएर बिहानैदेखि महिला, पुरुष, वृद्धवृद्धा र बालबालिका पूजाका लागि लाइनमा लागेर भगवान् शिवको पूजाआरधाना गरिरहेका छन् । कोरोना महामारीका कारण विगत दुई वर्षदेखि त्यही चहलपहल र भिड्भाड हुने गर्थिएन तर यस पटक शिदेश्वर मन्दिरमा हर्षाेल्लासका साथ भक्तजन पूजाका लागि व्यस्त रहेको पाइएको छ । हाल त्यहाँ मेला लागेको छ भने भजनकीर्तनसमेत भइरहेको छ । यसैगरी बाराअको अन्य शिव मन्दिरलगायत सहरका अन्य शिव मन्दिरमा पूजाआजा भइरहेको छ ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर