कलैया । नेपाली कांग्रेस बाराको जिल्ला अधिवेशन आजदेखि सुरु भएको छ । अधिवेशनअन्तर्गत हुने निर्वाचनमा कलैया उपमहानगरपालिकाका नगर प्रमुख राजेश राय यादव, रामानन्द यादव र शम्भु बुढाथोकी सहित तीन जना सभापति पदमा प्रतिस्पर्धा गर्दै छन ।
आज देखि अधिवेशन प्रारम्भ भएको छ जसका लागि आज बिहान ८ बजे देखि दिउँसो ४ बजे सम्म उम्मेदवारी मनोनयन दर्ता , आजै ५:३० बजे उम्मेदवार को प्रथम नामावली प्रकाशन , ५:३० देखि ६:३० सम्म उम्मेदवार को नामावली उपर दाबी विरोध , ६:३० देखि ७ बजे सम्म उम्मेदवार को दरखास्त फिर्ता लिने समय र आजै राती ८ बजे उम्मेदवार को अन्तिम नामावली प्रकाशन हुने जिल्ला निर्वाचन अधिकृत राजकुमार उप्रेतीले बिश्वास एफ एम लाई जानकारी दिएका छन् ।
निर्वाचन भने पर्सि फागुन २१ गते बिहान ८ बजे देखि बेलुका ५ बजे कलैया उपमहानगरपालिका वडा नम्बर १ शिदेश्वर संस्कृत माध्यमिक बिधालयमा हुने उनले बताए । बारामा काङ्ग्रेस को २४८० मतदाता रहेका छन् ।







