कलैया । बारामा सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा जिल्लाको जितपुरसिमरा उपमहानगरपालिका वडा नम्बर २४ हरिपुर बस्ने ३५ वर्षीय रोशन यादव रहेको जिल्ला प्रहरी कार्यालय बारा का प्रब्क्ता प्रहरी नायब उपरीक्षक राजेश थापाले जानकारी दिएका छन् । महागढीमाई नगरपालिका वडा नम्बर १ पथरहट्टी मोडस्थित हुलाकी राजमार्ग सडक खण्डमा रौतहटको मौलापुरबाट कलैया तर्फ आउदै गरेको ना ५६ प ५६६३ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित हुँदा दुर्घटना भएको थियो ।
दुर्घटनामा परि मोटरसाइकल चालक यादव र सोही स्थानका ३५ वर्षीय मनोज यादव गम्भीर रुपले घाइते भएका थिए । घाइते दुबै लाई कलैया जिल्ला अस्पतालमा उपचारका लागि ल्याइएको थियो । उपचारको क्रममा घाइते दुबै मध्ये रोशनको मृत्यु भएको थापाले जानकारी दिएका छन् ।अर्का घाइते मनोजको भित्री चोट लागेको अबस्था गम्भिर रहे पनि उनको अहिलेपनि उपचार भैरहेको थापाले जानकारी दिएका छन् ।







