कलैया । नेपाली कांग्रेस बारा जिल्ला कार्यसमितिको शनिबार भइरहेको निर्वाचनमा आन्तरिक ब्यवस्थापनको कमजोरीका कारण मतदान स्थगित भएको छ ।

आज बिहान करिब ८ बजे देखि सुरु हुने भनिएको मतदान अबेर सम्म १२ बजे पछी मतदान प्रक्रिया सुरु भएको थियो । त्यस पछी पटक पटक मतदान रोकिएको थियो । समय निकै कम र ब्यवस्थापन मा निकै जटिलता भएको साथै अमर्यादित भएकोले चुनाव स्थगित गर्नु परेको जिल्ला निर्वाचन अधिकृत राजकुमार उप्रेतीले बिश्वास एफ एम लाई जानकारी दिएका छन् ।

केहि मतदाताले मतपत्र नियन्त्रणमा लिइ आफै बैलेट पेपर लिएर मतदन गरेको पाइएको छ । निर्वाचन समिति ले निर्वाचन स्थगित गर्नुका साथै खसेको सबै मत रद्द गरेको छ । १२ बजे पछी सुरु भएको मतदानमा १६०० मत खसेको थियो । काँग्रेस बारामा कुल २ हजार ४ सय ८१ मतदाता रहेका छन् ।

अधिवेशनमा सभापतिका लागि शेरबहादुर देउवा पक्षका शम्भु बहादुर बुढाथोकी तथा राजेशराय यादव र कोईराला पक्षबाट रामानन्द यादव प्रतिस्पर्धामा छन् । निर्वाचन अधिकृत उप्रेती का अनुसार अर्को चुनावको मिति भोलि ११:३० बजे बस्ने बैठकमा निर्णय गरिने जानकारी दिएका छन् । यसले गर्दा आम मतदातालाई मत दिन बारम्बार आउन समस्या हुने मतदाताले बताएका छन । यता निर्वाचन को समय बढ्दा उम्मेदवारलाई समेत थप आर्थिक बोझ थपिने राजनितीक बिश्लेशक एवम सन्चारकर्मी साजिर मन्सूरले बताए ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर