काठमाडौँ । सुनचाँदी बजारमा आज छापावाल सुनको कारोबार मूल्य प्रतितोला रु एक लाख एक हजार ९०० पुगेको छ ।

अघिल्लो दिन प्रतितोला रु ९९ हजार ९०० मा कारोबार भएको पहेँलो धातु आज एकैदिन प्रतिताला रु दुई हजारले बढेको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला रु एक लाख एक हजार ४०० तोकिएको छ । सोको मूल्य गत शुक्रबार प्रतितोला रु ९९ हजार ४०० तोकिएको थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु ३५ ले बढेर रु एक हजार ४१५ पुगेको महासङ्घले जनाएको छ ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर