साजिर मन्सूर,कलैया । बाराको चर्चित निजि बिधालयमा गनिने कलैया ब्राईट ल्यान्ड बोर्डिङ स्कुलको २० औ बार्षिकोत्सव तथा अभिभावक दिवस भब्यताका साथ सम्पन्न भएको छ ।

कलैया स्थित करण राज प्यालेसमा सम्पन्न कार्यक्रममा बोर्डिङले बाराको शिक्षा बिकासमा पुर्याएको योगदानको उच कदर सहित प्रसंशा गरिएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथी प्रदेश सान्सद पारस साहले यो बोर्डिङका बिद्यार्थीहरु आजको समयमा विभिन्न सरकारी तथा गैरसरकारी संघसंगठनका को प्रमुख भएर देशको सेवा गरिरहेको बताउदै धन्यवाद ब्यक्त गरे । बिधालयले सन्चालन गरेको विभिन्न कार्यक्रमको बिजेता उप बिजेताहरुलाई पुरस्कार बितरण गरिएको थियो । कार्यक्रममा सन्चालक रामधारी यादबले कलैया लगायत बाराको समग्र शैक्षिक बिकासका लागि यश संस्थाले अहोरात्र काम गरिरहेको र यसको निरन्तरता का लागि अभिभावकहरुले गरेको सहयोगको प्रसंशा सहित धन्यबाद ब्यक्त गरे । यादबले कोरोना कालमा समेत हामिले अनेकन आर्थिक बोझ खेपेर हाम्रो बिद्यार्थीहरुको शिक्षा पाउने अधिकार बाट बन्चित हुन नदिएको बताए ।

बाराका सन्स्थापक रामधारी यादबको अध्यक्षतामा एवम प्रदेश सान्सद पारस साहको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा कलैया उपमहानगरपालिका वडा नम्बर १२ का अध्यक्ष राजेश्वर प्रसाद केशरी,कलैया उपमहानगरपालिका शिक्षा शाखा अधिकृत बिजय अधिकारी,बाल एकता बोर्डिङका प्रधानाध्यापक रुपेश सरार्फ,शिक्ष संघ बाराका अध्यक्ष परमहन्स यादव, नागरिक समाज बाराका अध्यक्ष उमेश लाल दास,गोपाल सेवा समिती बाराका अध्यक्ष जङ्गबहादुर यादव,नेपाल भारत मैत्री संघ बाराका अध्यक्ष हिरालाल साह,समाजसेवी जयमङ्गल ठाकुर,समाजबादी युवा संघ बाराका अध्यक्ष सुजित पान्डे,नेपाल भोजपुरी प्रस्तिस्ठानका अध्यक्ष रामप्रसाद साह,सन्चालक सदस्य प्रतिमा यादव सहित ५ सय भन्दा बढी अभिभावकको उपस्थिति रहेको बिधालय सन्चालक समिती सदस्य सरोज कुमार यादबले जानकारी गराएका छन ।

बिधालयका सन्चालक सदस्य मनोज यादवले सन्चालन गरेको कार्यक्रममा स्वागत बिधालयका प्रधानाध्यापक आनन्द कुमार लाल दासले गरेका थिए ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर