साजिर मन्सूर ,कलैया । हात्तीपाइले रोग निवारणका लागि फाल्गुन २८ गते देखि बारा सहित १० जिल्लामा हात्तीपाइले रोग विरुद्धको औषधि खुवाइने भएको छ ।
इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले हात्तीपाइले रोग निवारणका लागि ५ जिल्लामा तीन प्रकार र ५ जिल्लामा दुई प्रकारका औषधि खुवाउन लागिएको जानकारी दिएको हो ।
सरकारले बारा जिल्ला मा पनि फागुन २८ गते हातिपाईले विरुधको औषधि सेवन गराउने भए संगै आज जिल्ला जनस्वास्थ्य कार्यालय बाराले पत्रकारहरु संग अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ ।
कार्यक्रममा हात्तीपाईले रोग कसरी लाग्छ ? यसका लक्षण के–के हुन ? यस बाट कसरी बच्ने ? नेपालमा यसको अवस्था ? बारा जिल्लामा हात्तीपाई रोग निवारण सम्बन्धी प्रयास बारेमा जिल्ला जनस्वास्थ्य कार्यालय बाराका निम्त प्रमुख रामनरेश यादवले जनाएका थिए । उनले हात्तीपाईले रोग निवारणका लागि बारा जिल्लामा के कस्ता कार्यहरु सञ्चालन भईरहेको भन्ने सम्बन्ध समेत प्रष्ट पारेका थिए ।
उनले भने नेपालका ६३ जिल्लाबाट सुरु गरिएको औषधी सेवन अभियान ५३ जिल्लामा बन्द गरिसकेको र बारा सहित १० जिल्लामा संक्रमण दर नघटेको पाइएकोले पटक पटक औषधी खुवाउनु परेको बताएका थिए ।
निमित प्रमुख यादवले २८ गते देखि हुने सो अभियानमा सबैलाई सहभागि गराउन र औषधि सेवनका लागि आ आफ्नो ठाउँ बाट सहयोग गर्न समेत सबै संग आग्रह गरेका हुन ।
उनले अन्तरक्रिया कार्यक्रममा भने , “हात्तिपाइले रोग विरुद्धको औषधि दुई वर्ष मुनिका बालबालिका, गर्भवती, दीर्घकालीन रोगी, एक हप्ता नपुेका सुत्केरी र खाली पेटमा सेवन गर्न हुँदैन । यसका साथै सरकारले व्यक्तिको उचाइका आधारमा औषधिको मात्रा दिने गरेको छ । हात्तीपाइले धागो जस्तो परजीवि लामखुट्टेको माध्यमबाट सर्ने रोग हो । यो परजीवि मानिसको शरिरमा २० बर्षसम्म बाँच्न सक्ने र यो रोग लागेमा खुट्टा तथा पुरुषको अण्ड कोष सुन्निने महिलामा स्तनको आकार बढ्ने लगायतको लक्षण देखा पर्ने यादबले बताए । कार्यक्रममा मधेस प्रदेश स्वास्थ्य निर्देशनालयका प्रमुख बिजय झा सहित स्वास्थ सम्बन्धि बिज्ञहरुको उपस्थिति रहेको थियो ।







