साजिर मन्सूर,कलैया । “सुस्वास्थ तथा समृद्ध जीवन लक्ष्य प्राप्तिका लागि स्वास्थ सेवाको अवस्था,यसको चुनौती र अबको बाटो” बिषयक
आसमान नेपाल द्वारा संचालित स्याहार परियोजना बारे बहुपक्षीय संवाद कार्यक्रम कलैयामा सम्पन्न भएको छ ।
होटेल करन राज प्यालेसमा आयोजित कार्यक्रममा
स्वास्थ्य सम्बन्धि जनचेतनामूलक कार्यक्रम,स्वास्थ्य सेवामा सार्वजनिक जवाफदेहीताका लागि अन्कपत्र तयार गरिएको र त्यसको प्रस्तुति गरिएको हो । प्रस्तुतिकरण बाट आएका मुख्य चुनौतीहरुका बारेमा छलफल गरि त्यसको निराकरणका लागि पहल गरिएको संस्थाले जनाएको छ । बाराको चार वटा स्वास्थ संस्थाहरुमा गरिएको आसमान नेपालको स्याहार परियोजना कार्यक्रम सम्योजक सरस्वती खरेलले बताईन ।
मधेश प्रदेश्को २ जिल्ला बारा र रौतहटको ८ पालिकामा सन्चालन छ ।बाराको कलैया उपमहानगरपालिका ,जितपुर सिमरा उपमहानगरपालिका करैयामाई गाउपालिका र बारागढी गाउपालिका त्यस्तै रौतहटमा गढिमाई नगरपालिका,राजपुर नगरपालिका,गौर नगरपालिका र माधव नारायण नगरपालिकामा सन्स्थाले काम गरिरहेको रौतहट जिल्ला को परियोजना प्रबन्धक डा. बिरेन्द्र सिंहले जानकारी गराएका छन ।
परियोजनाले खासगरी १० देखि २४ बर्ष उमेरका सबै किशोर किशोरी को यौन तथा प्रजन एवम सुरक्षीत मातृत्व कार्यक्रमका लागि काम गर्ने गरेको खरेलले बताईन ।
बिशेश गरि सिमान्तकृत र जोखिममा परेका लाई लछित गरेर परियोजना सन्चालनमा रहेको परियोजना सम्योजक खरेलल ले बताईन । परियोजना अन्तरगत बालबिवाह विरुद्ध सडक नाटक,हानिकारक समाजिक मूल्य मान्यता बिरुद्द आमा समूह बिच छलफल,लैङ्िगक हिंसा बिरुद्ध जागरुकता अभियान,स्थानिय युवाहरु बिच लैङ्िगक हिन्सा बिरुद्द कार्यक्रम गर्ने गरेको भिएसओ नेपाल संस्थाको रास्ट्रीय स्वयंसेवक तथा युवा किशोर किशोरी सम्योजक चान्दनी झाले जनाईन । झाले परियोजनाले घर दैलो कार्यक्रम तथा परिवार सम्बाद कार्यक्रम,मर्यादित जीवन छणहरुको प्रचार लगायतका समेत कार्यक्रम गर्ने गरिएको बताईन ।
परियोजना अन्तरगत युवा स्वास्थ च्याम्पियन गठन र परिचालन,अधिकारवाला र कर्तव्य बाहकका बिच सामुहिक अन्क पत्र प्रयोगाबाट कार्यशाला गोष्ठी
महिला स्वास्थ्य स्वयंसेवकका साथ सुत्केरी सङ्ग छलफल,स्वास्थ्यकर्मी लाई छमता बिकास तथा अभिमुखिकरण कार्यक्रम लगायतका गतिविधि समेत गर्ने गरेको कार्यक्रम बारे सहजीकरण गरेका परियोजना सम्योजक संतोष थापाले जनाए ।
दिगो बिकासका १७ लक्ष्य र १६९ वटा उप लक्ष्य पारित र यसको पुर्तिका लागि महिला र बालबालिका मा हिने विभेद अन्त्य गर्न काम गरिरहेको झाले बताईन । सम्बाद कार्यक्रममा भिएसओ नेपाल संस्थाको रास्ट्रीय स्वयंसेवक तथा युवा किशोर किशोरी सम्योजकअभियान घिमिरे,प्राबिधिक सहयोगी संस्था भिएसओ का परियोजना बिशेषज्ञ प्रीती शर्मा, अनुगमन तथा मुल्यांकन तथा सन्चार प्रबन्धक बिकास कोईराला,रामराजा बहुमुखी क्याम्पस कलैयाको सन्चालक समिती अध्यक्ष प्रभुनाथ पटेल,करैयामाई गाउपालिकाको स्वास्थ शाखा प्रमुख जितेन्द्र पास्वान,जितपुर सिमरा उपमहानगरपालिका स्वास्थ्य शाखा प्रमुख रबि भास्कर,बेटि पढाउ बेटि बचाउ कार्यक्रम बाराको सम्योजक निभा सिंह,राजनितीक दलका प्रतिनिधि, महिला अधिकारकर्मी,नागरिक समाज,परियोजना लागू पालिकाको स्वास्थ शाखा प्रमुख,पत्रकार,किशोर किशोरी,महिला स्वास्थ्य स्वयंसेविका,स्वास्त्चौकी प्रमुख,स्वास्थ्यकर्मी गरि ३० जनाको सहभागिता रहेको थियो ।
ट्रायल बेसमा सन्चालित यो परियोजना २०२१ को अगस्त मा शुरु भएर मार्च २०२२ सम्म सन्चालन रहने र समुदायको माग अनुसार/आवस्यकता अनुसार समय थपिन सक्ने खरेलले जनाईन । बेलायत सरकारको आर्थिक सहयोग तथा भिएसओ र आसमान नेपालको सहकार्यमा स्याहार परियोजना अन्तरगत कार्यक्रम सम्पन्न गरिएको आयोजक संस्था आसमान नेपालका अध्यक्ष हरिस्चन्द्र यादबले जनाएका छन ।