कलैया । रौतहटको एक स्थानीय तहले क्रिकेट हेर्न आज र भोलि दुई दिन सार्वजनिक विदा दिएको छ ।
अन्तर पालिकास्तरीय मेयर कप टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको अन्तिम चरणका खेल हेर्न ईशनाथ नगरपालिकाले दुई दिन सार्वजनिक विदा दिएको हो । नगरपालिकाले सूचना जारी गर्दै नगरपालिका नगर प्रमुख सन्तोष कुमार मेहता र उपप्रमुख हुस्ने आराले खेल व्यवस्थापनमा कर्मचारीहरु समेत सहभागी हुनुपर्ने भन्दै नगरपालिकाभर सार्वजनिक विदा दिइएको जनाएको छ ।