कलैया । लोकतान्त्रीक समाजवादी पार्टी नेपाल (लोसपा) बाट निर्वाचित कलैया उपमहानगरपालिका का एक वडाध्यक्ष नेकपा एमालेमा प्रवेश गरेका छन् । तत्कालिन राष्ट्रिय जनता पार्टी र हालको लोसपामा रहेका कलैया उपमहानगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष डा.अख्तर अंसारी आज नेकपा एमालेमा प्रवेश गरेका हुन ।

उनी फागुन २८ गते पार्टी प्रवेश गर्ने तय भए पनि आज एक कार्यक्रमका बीच नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नै निवास बालकोटमा खादा ओढाएर स्वागत गर्दै पार्टी मा भित्राएका हुन ।

अंसारीले एमाले प्रवेश गर्नुअघी आफुले लोसपाको सम्पुर्ण जिम्मेवारी परित्याग गरेको जानकारी दिएका छन् । उनि कलैया उपमहानगरपालिकामा लोसपाबाट एक मात्र निर्वाचित वडाध्यक्ष हुन् । अब लोसपा बाट निर्वाचित कुनै पनि वडा अध्यक्ष कलैया उपमहानगरपालिका मा छैन ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर