कलैया । सर्लाही बाट लागु औषध सहित एक युवक पक्राउ परेका छन् ।

जिल्लाको हरिवन नगरपालिका वडा नम्बर ११ कुश्वाहा मेडिकल नजिक पुर्व पश्चिम लोक मार्गमा खटेको प्रहरीको चेकिङ टोलीले ना १४ प ७७३० नम्बरको मोटरसाइकल चेकजाँच गर्दा लागूऔषध नाइट्रोभेट १५ पत्तामा ३०० पिस सहित मोटरसाइकल चालक लाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक माधव प्रसाद बुढाथोकीले जानकारी दिएका छ्न ।

पक्राउ पर्नेमा सर्लाहीको कबिलासी नगरपालिका वडा नम्बर २ बस्ने ३० वर्षीय सञ्‍जय कुमार महतो रहेका छन् । उनलाई पक्राउ गरि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर