कलैया । महोत्तरीमा ५ जना नेताले आफू नेकपा माओवादी केन्द्र परित्याग गरेको घोषणा गरेका छन् । अमेरिकी सहयोग परियोजना एमसीसी पारित गराउन नेतृत्वदायी भूमिका निर्वाह गरेको भन्दै महोत्तरीमा माओवादी केन्द्रका पाँच जना नेताले पार्टी छाडेको घोषणा गरेका हुन ।

आज संयुक्त विज्ञप्ति जारी गर्दै माओवादी केन्द्रको मधेश प्रदेश कमिटी सदस्य तुलसीप्रसाद ढुंगाना, रामबहादुर राणा र राजनप्रसाद ढुंगाना, बर्दिबास नगरपालिका-३ का वडाध्यक्ष नरबहादुर खनाल र अखिल नेपाल महिला संघ क्रान्तिकारी कि केन्द्रिय सदस्य उर्मिला कार्कीले पार्टी छाडेको बताएका छन् ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर