साजिर मन्सुर,कलैया । बारा मा जिल्ला नागरिक आरोग्य समिति गठन भएको छ । आज एक कार्यक्रम का बीच जिल्ला समन्वय समिति बाराका प्रमुख नवल किशोर सिंह राजपुतको संयोजकत्वमा जिल्ला नागरिक आरोग्य समिति गठन गरिएको छ। नागरिक आरोग्य कार्यक्रम संचालन निर्देशिका २०७६ अनुसार सो समिति गठन गरिएको हो। उनको संयोजकत्वमा ५ सदस्य समिति गठन भएको हो ।

समितिको सदस्य सचिवमा जिल्ला आयुर्बेद स्वास्थ्य केन्द्रका प्रमुख डा . पुनिता केशरी रहेका समितिका सदस्यहरुमा स्वास्थ्य कार्यालयका प्रमुख , शिक्षा विकास समन्वय ईकाईका प्रमुख भरत श्रेष्ठ , स्वास्थ्य प्रतिनिधि बिन्देश्वरी ठाकुर लोहार रहेको वरिष्ठ कबिराज निरीक्षक सहदेव पण्डितले बिश्वास एफ एम लाई बताए । नसर्ने रोगहरुविरुद्ध योग शिक्षा मार्फत ब्यापक जनचेतना फैलाउनका लागि समिति गठन गरिएको प्रमुख राजपुतले बताए ।

उक्त कार्यक्रममा सदस्य सचिव डा . पुनिता केशरीले नागरिक आरोग्य कार्यक्रम संचालन निर्देशिकाबारे जानकारी गराएका थिए। उनले स्वास्थ्य जीवनका लागि राम्रो आहारबिहार, शारीरिक ब्यायाम लगातयका क्रियाकलाप जरुरी रहेको र रोग लाग्नभन्दा रोगका बाटो छेक्नु नै उत्तम रहेको बताए।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर