कलैया । नेपाली काँग्रेस बाराको १४ औं जिल्ला अधिवेशन अन्तर्गत नेतृत्व चयनका लागि भएको मतदान सम्पन्न भएको छ । बिहान ८ बजेबाट सुरु हुने भनिएको तर केहि ढिला गरि सुरु भएको मतदानमा बेलुकी ७ बजे सम्पन्न भएको निर्वाचन समितिले जनाएको छ । कूल मतको ९७ प्रतिशत मत खसेको मुख्य निर्वाचन अधिकृत राजकुमार उप्रेतीले बिश्वास एफ एम लाई जानकारी दिएका छन् ।
उनका अनुसार कुल २४८० मतदाता रहेकोमा २४०० मत खसेको छ । मतगणना राती १० बजेबाट सुरु गरिने उप्रेतीले जानकारी दिएका छन् ।

अधिवेशनमा सभापति पदका लागि प्रधानमन्त्री शेरबहादुर देउवाको संस्थापन पक्षबाट शम्भु बहादुर बुढाथोकी र राजेशराय यादवले उम्मेदवारी दिएका छन् भने इतरको शेखर कोईराला पक्षबाट रामानन्द यादवले उम्मेदवारी दिएका छन् ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर