
युनिक यादव,कलैया । नेपाली काङ्ग्रेस बाराको निर्वाचन को मतगणनाको अन्तिम परिणाम सार्वजनिक भएको छ । जिल्ला मा रहेकोे ४ निर्वाचन क्षेत्र मध्ये सबैको नतिजा आइसकेको मुख्य निर्वाचन अधिकृत राजकुमार उप्रेती ले जानकारी दिएका छ्न । अन्तिम मतगणना अनुसार राजेश राय यादव १४ मतले अगाडि छन् । कुल खसेको मतमा राजेश राय यादव ले ८३३ , शम्भु बहादुर बुढाथोकी ८०९ रामानन्द यादव ले ७०८ प्राप्त गरेका छन् ।
प्रतिस्पर्धीमा कुनै पनि उम्मेदवारले खसेको मतको बहुमत नल्याएकाले सभापति चयन प्रक्रिया दोस्रो चरणमा पुगेको छ ।मुख्य निर्वाचन अधिकृत उप्रेतीले आज बिहान ११:३० बजे बैठक बसेर निर्णय गर्ने बताए । अब पहिलो र दोस्रो धेरै मत ल्याएका राजेश राय यादव र शम्भु बहादुर बुढाथोकी बीच दोस्रो चरणमा प्रतिस्पर्धा हुनेछ । तेस्रो स्थानमा रहेका रामानन्द यादव निर्वाचन प्रक्रिया बाट बाहिरिएका छन् ।
क्षेत्र नम्बर १
ख्सेको कुल मत : ६२७
शम्भुबहादुर बुढाथोकी : ३२१
रमानन्द यादव : २३२,
राजेशराय यादव : ६६
बदर मत : ५
क्षेत्र नम्बर २
खसेको कुल मत ६७४
शम्भुबहादुर बुढाथोकी : १९०
राजेशराय यादव : ३४५
रामानन्द यादव : १२६
बदर मत : ४
क्षेत्र नम्बर ३
कुल खसेको ५९४
शम्भुबहादुर बुढाथोकी : १५४
राजेशराय यादव :१९१
रमानन्द यादव : २३२
बदर १५
क्षेत्र नम्बर ४
कुल खसेको ५०१
शम्भुबहादुर बुढाथोकी : १४४
राजेशराय यादव : २३१
रमानन्द यादव : ११८
बदर ७
जम्मा
राजेशराय यादव: ८३३
शम्भुबहादुर बुढाथोकी : ८०९
रमानन्द यादव : ७०९