साजिर मन्सूर,कलैया । कलैया उपमहानगरपालिका वडा नम्बर ६ को वडा कार्यालयको नव निर्मित भवनको नगर प्रमुख राजेश राय यादबले रिबन काटेर उदघाटन गरेका छन । वडाको लहेर्वा टोल पर्सा टोल र बिध्यानगर टोलको बिच भागमा नव निर्मित भवनको उडघाटन भएपछी वडा बासिलाई सेवा लिन सहज हुने मेयर यादबले बताए ।
उपमहानगरले उपलब्ध गराएको दुई रुम एउटा सभा हल रहेको भवन बनाउन ४० लाख लागेको वडा अध्यक्ष प्रसादले जनाए ।
यादवले यसरी वडा कार्यालयको आफ्नै भवन निर्माण पश्चात् वडा बासी खुशी भएको आफुले पाएको बताए ।
यता सोही वडा निवासी समाजसेवी फुलेना सिंहले वडाको आफ्नै भवन हुनु आफैमा गौरब भएको बताए । सिंहले अब वडा बासिले सेवा पाउन पहिला धाउदैआएको एकोहोरो भाडाको कार्यालयमा जान नपर्ने बताए ।
वडा अध्यक्ष गम्भिरालाल प्रसादको अध्यक्षतामा भएको कार्यक्रममा कलैया उपमहानगरपालिकाका नगर प्रमुख राजेशराय यादबको प्रमुख आतिथ्यम भएको कार्यक्रममा प्रमुख प्रशासकिय अधिकृत नाथु साह,वडा नम्बर ११ का अध्यक्ष सर्वनारायण चौधरी,उपमहानगरपालिकाको प्रशासन तथा योजना शाखा प्रमुख हाजी मुस्ताक अन्सारी,बाताबरण शाखा प्रमुख रामजी मण्डल,गोपाल सेवा समितिका अध्यक्ष जङ्गाबहादुर यादब,समाजसेवी रामधारी यादव, वडा नम्बर ६ का वडा सदस्यहरु रामलाल बढैइ,जगदीश प्रसाद पण्डित,दुखनी धोबी र राजकुमारी देबि,युवा नेता नाजिर अन्सारी,
स्वर्गीय महमुद मिया धोबी र पन्नालाल साहले उपलब्ध गराएको निजि १८ धुर जग्गामा भवनको निर्माण गरिएको अध्यक्ष प्रसादले जनाए ।
यस अघि कार्यक्रमको संचालन कृषि शाखाका सुरेश धमलाले गरेका थिए भने स्वागत वडा सचिव अमित चौधरीले गरेका थिए ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर