साजिर मन्सुर,कलैया । बाराको फेटा गाउँपालिकामा महिलाहरुको लागि सीप बिकास तालिम सुरु भएको छ ।

गरिबि निवारण को लागी लगु उद्यम बिकास कार्यक्रम अन्तर्गत २० जना महिला लाई १ महिने पापड तालिम , ३० जना महिलाहरु लाई ६५ दिने ब्युटी पार्लर तालिम ,१५ जना महिलाहरु लाई १ महिने वाँस को हस्तकला तथा मुडा बनाउने तालीम , २० जना महिलाहरु लाई १ महिने हाते कढाइ तालिम सुरु भएको हो । उक्त सबै तालिम आज देखि सुरु भएको हो ।

उक्त गाउँपालिका बाट प्रत्येक वडाका महिलाहरू लाई समेटिने गरि कार्यक्रम सुरु गरिएको गाउँपालिकाले जनाएको छ । उक्त कार्यक्रम को प्रमुख अतिथि श्री नेपाल राष्ट्रिय उच्च माध्यमिक बिधालय फेटा का प्रमुख अहम्मद अलि , अतिथिमा श्याम नारायण पटेल , शेख वकिल को रहेको थियो ।

उक्त कार्यक्रम मा तालीम को बारेमा गाउँपालिका अन्तर्गत को उद्यम बिकास शाखा मा कार्यरत सहजकर्ता मुकेश मुखिया ले जानकारी गराएका थिए ।तालिम को उद्घाटन गर्दै प्रमुख अतिथिले प्रशिक्षकले सिकाएको कुरा जोसजागरका साथ सिक्न आग्रह गर्नु भयो ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर