कलैया । नेपाली कांग्रेस बाराको जिल्ला सभापति पदमा फागुन २८ गते पुनः दोस्रो चरणको मतदान हुने भएको छ। मतदान बिहान १० बजेदेखि ३ चन्द्र माध्यमिक बिधालयमा तोकिएको प्रमुख निर्वाचन अधिकृत राजकुमार उप्रेती ले बिश्वास एफ एम लाई जानकारी दिनु भयो ।

फागुन २५ अथार्त हिजो भएको मतदानमा तीन जनाबीच कसैले पनि आवश्यक मत ५१ प्रतिशत ल्याउन सकेनन्।

सबैभन्दा बढी मत प्राप्त गर्ने कलैया उपमहानगरपालिका का मेयर समेत रहेका राजेश राय यादव र दोस्रो बढी मत प्राप्त गर्ने शम्भु बहादुर बुढाथोकी बीच पर्सि फागुन २८ गते मतदान हुन लागेको हो । २४०० मतदान हुँदा यादवले ८३३ र बुढाथोकीले ८०९ मत प्राप्त गरेका थिए।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर