कलैया । आज नेकपा एमालेका अध्यक्ष एवं पुर्व प्रधानमन्त्री केपी शर्मा ओली बारा आउने भएका छन् । आदर्श कोतवाल गाउँपालिकाका को एक बिधालयमा आज पार्टी प्रवेश कार्यक्रममा उनी बारा आउने भएका हुन । आदर्श कोतवाल गाउँपालिकाका अध्यक्ष मुस्तुफा अन्सारीले आफू निकटका वडा अध्यक्षसहित पार्टी प्रवेश गर्ने भएको ले ओलि स्वम पार्टी प्रवेश गराउन बारा आउनु हुने नेकपा एमाले बाराका अध्यक्ष बिनोद साहले बताउनु भयो ।

यद्यपि अध्यक्ष ओलि बारा आउनु भन्दा अगाडि बिरगंज जाने भएका छन । ऊनी हेलिकप्टर मार्फत बिरगंज जाने र फेरि हेलिकप्टर बाट नै बाराको आदर्श कोतवाल आउने कार्यक्रम रहेको छ । उनी बिरगंजमा आफ्नो नेता कार्यकर्तासँग भेटघाट र वीरगञ्ज महानगरपालिकाका मेयर विजयकुमार सरावगीलाई एमाले प्रवेश गराउने विषयमा छलफल गर्ने भएका हुन । केन्द्रिय नेताहरुको मधेस मा झर्ने क्रम सुरु भएको छ ।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर