साजिर मन्सूर,कलैया ।मधेस प्रदेश स्वास्थ्य निर्देशनालयका रोग नियन्त्रण तथा चिकित्सा शाखा प्रमुख डाक्टर सन्जय कुमार यादवले हाती पाईले रोगको औषधि खाए सङ्गै बारामा राष्ट्रिय हात्तिपाईले आम औषधी सेवन कार्यक्रम शुरु भएको छ । बाराको १६ वटै पालिकामा आजबाट हातिपाईलेको औषधि खुवाउन लागिएको हो । सदरमुकाम कलैया स्थित देवकिलाल धर्मशालामा भएको एक औपचारिक कार्यक्रममा प्रमुख यादवले सबैले नडराई हातिपाईले रोगको औषधि खाउन भनेर आफुहरु सार्वजनिक रुपमै औषधि खाईरहेको बताए ।
सोही अवसरमा कलैया उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत उप सचिव नाथु साहले सबै जनताले यो अभियानमा मिलेर अगाडी बढ्दै सबले औषधि खानुपर्नेमा जोड दिए । उक्त अवसरमा मधेस स्वास्थ निर्देशनालय का योजना शाखा प्रमुख तथा बाल शाखा प्रमुख बिनोद यादव,स्वास्थ कार्यालय बाराका प्रमुख राघवेन्द्र कर्ण,कलैया अस्पताल का निमित प्रमुख डा.गौरव,कलैया उपमहानगरपालिका का स्वास्थ्य शाखाका अजय जयस्वाल,कर राजस्व शाखा प्रमुख दिवाकर झा,सन्चारकर्मिहरु,तथा नागरिक समाजको उपस्थिति रहेको स्वास्थ शाखाका सज्जाद अन्सारिले जनाए । मधेश प्रदेशको बारा जिल्लामा सहित देशभरका १० जिल्लामा आजबाट यो अभियान सुरु भएको डाक्टर यादवले बताउनु भयो ।
यसपटक बाराका २ बर्षमाथी उमेर समुहका सबैलाई अनिवार्य औषधी सेवन गर्न लगाएर अर्को बर्षका लागि बारालाई पनि हात्तिपाईले रोग मुक्त जिल्ला बनाउनु पर्ने यादवले बताउनु भयो । कार्यक्रमको उद्घाटन बाराका प्रमुख जिल्ला अधिकारीले गर्ने कार्यक्रम तय भएपनि नेपाली काँग्रेस बाराको दोस्रो चरणको निर्वाचनका विषयमा छलफलमा ब्यस्तताका कारण वहाँ अनुपस्थित भएका थिए ।