रबिन्द्र प्रसाद साह,कलैया । सन २०२० मा लुमन्ति आवाशको लागि सहयोग समूह र सन २०२१ मा शहरी गरिबी निवारण मंच (यूप्याफ) द्वारा निर्माण गरिएको सेलाभिप परियोजनाका घरहरुको अनुगमन आज सेलाभिप फाउन्डेस चिल्लीद्वारा गरिएको छ।

कलैया उपमहानगरपालिकाका विभिन्न समुदायहरूमा सेलाभिप फाउन्डेसनको सन २०२० मा लुमन्तिद्वारा निर्माण गरिएको ५३ ओटा घरहरु र सन २०२१ मा यूप्याफद्वारा सोहि परियोजनाको ५१ ओटा घरहरू निर्माण गरिएको थियो। सोहि १०४ ओटा घरहरू यथा सन २०२२ मा यूप्याफद्वारा निर्माण गर्न थालिएको ५१ ओटा अरु थप घरहरूको अनुगमन निरीक्षण गरिएको थियो।

हिजो कलैया आइ पुगेका चिलि देशका सेलाभिप परियाेजनाका कार्यक्रम व्यवस्थापक मार्क भ्यान ओवर वेक , काठमाडौं लुमन्तीकाे कार्यकारी निर्देशक लजना मानन्धर, काठमाडौं लुमन्तिकी लुमन्ति जोशी, लुमन्तिका सूचना तथा अभिलेख व्यवस्थापन संयोजक अन्नत राज बज्रचार्य लगायतको अतिथिहरूलाई यूप्याफद्वारा भव्य स्वागत गर्दै सन २०२१ मा सम्पन्न गरिएको घर निर्माणको प्रतिवेदन तथा सम्पूर्ण तथ्याङ्क यूप्याफका अध्यक्ष रबिन्द्र प्रसाद साहद्वारा प्रस्तुत गरिएको थियो।

त्यस प्रस्तुति पश्चात सो टिमलाई कलैया लुमन्तिका कार्यछेत्र संयोजक अब्दुल कैश, इन्जिनियर विवेक तिवारी, लेखापाल नितु मंडल, सामुदायिक सहजकर्ताहरु सूर्य राज पासवान, सरिता कुशवाहा, अजय यादव, मंचका कोषाध्यक्ष सबिता पासवान, सचिव प्रदिप राम, सदस्यहरू तायरा खातुन,मनोज मंडल, दिपेन्द्र पासवान, अजय राम रामबिनय हजरा , नितु कुशवाहा, लगायतको टोलीले सो घरहरूको विभिन्न समूदायमा गै अवलोकन भ्रमण गराएका थिए।

सो टोलीले हिजो कलैया उपमहानगरपालिकाका विभिन्न पदाधिकारीहरूसंग बैठक बसी यी परियोजना बारे विभिन्न छलफल गरेको थियो। यसको साथै आजै लुमन्ति र कलैया उपमहानगरपालिकाका द्वारा प्रवर्धित दिप शिखा महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सञ्चालक समिति संग पनि विभिन्न छलफल गरेको थियो। यसको साथै सुविसु बलक उद्योगको निरीक्षण समेत गरेका थिए।

Like Reaction
Like Reaction
Like Reaction
Like Reaction
Like Reaction

प्रतिक्रिया

सम्बन्धित खवर